जीप दुर्घटना अपडेट : चार जना मृतकको परिचय खुल्यो « Khabarhub

जीप दुर्घटना अपडेट : चार जना मृतकको परिचय खुल्यो


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये चार जनाको परिचय खुलेको छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सात जना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  २ : ४७ बजे

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका,

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ– सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ