रश्मिकाको ‘डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीद्वारा एफआईआर दर्ता « Khabarhub

रश्मिकाको ‘डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीद्वारा एफआईआर दर्ता


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको संघीय राजधानी दिल्लीको प्रहरीले अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता गरेको छ । दिल्ली प्रहरीको विशेष सेलले घटनाको अनुसन्धान गरिरहेको छ ।

गत नोभेम्बर ६ मा सामाजिक सञ्जालमामा भाइरल भएको एक भिडियोमा रश्मिकाकै अनुहार भएकी महिला देखा पर्छिन् । यद्यपि उनी रश्मिका भने होइनन् । उनी जारा पटेल नामकी युवती हुन् । उनको अनुहार रश्मिकाको अनुहारमा परिवर्तन गरिएको थियो । यसबारे रश्मिकाले सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोगको कारण उत्पन्न हुने जोखिमबारे पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

उनीले लेखेकी छिन्, ‘त्यस्ता कुराहरू मेरो लागि मात्र होइन, प्रविधिको दुरुपयोगका कारण असुरक्षित भएकाहरूका लागि पनि खतरनाक हुन्छन् । आज, एक महिला र एक अभिनेताको रूपमा, मलाई समर्थन गर्ने मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु। तर यदि म स्कूल वा कलेजमा छँदा मलाई यो भएको भए, म वास्तवमै यसको सामना कसरी गर्ने थिएँ भनेर म भन्न सक्दिनँ। धेरै मानिसहरू प्रभावित हुनु अघि हामीले समुदायको रूपमा यसलाई छिटो सम्बोधन गर्न आवश्यक छ ।’

यो भिडियोमा देखिएका वास्तविक युवती जारा पटेलले पनि नोभेम्बर ७ मा प्रतिक्रिया दिएकी थिइन् । जाराले यस डिपफेक भिडियो विवादमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् । यो घटनाबाट उनी निकै विचलित भएकी छिन् ।

जाराले भनिन्, ‘यदि यस्तै रहिरह्यो भने भविष्यमा केटी र महिलाले सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियो सेयर गर्न बन्द गर्नेछन् ।

दिल्ली महिला आयोगले डीपफेक भिडियोबारे प्रहरीलाई सूचना जारी गरेको थियो । आयोगकी अध्यक्ष स्वाती मालिवालले यस्ता नक्कली भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले यस मामिलामा सोसल मिडियालाई चेतावनी दिएका छन् । उनले डीपफेक प्रकरणमा सबै सोसल मिडियालाई नोटिस जारी गरी नियम पालना गर्न भनिएको जानकारी दिएका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : २३ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती