भारतीय प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच छलफल | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच छलफल


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्धन गर्ने प्रयासबारे छलफल भएको छ ।

ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोरयाए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने भन्ने बिषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षमा हाम्रो नवीनतालाई निरन्तरता दिन तत्पर छु ।”

ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन नयाँ दिल्लीमा भएको टु प्लस टु मन्त्रीस्तरीय वार्ताका लागि भारत आएका छन् । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि प्रधानमन्त्री मोदीले ‘२स्२’ ढाँचा भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोगी भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–अमेरिका साझेदारीलाई ‘विश्वव्यापी भलाइ’का लागि ‘शक्ति’ को संज्ञा दिँदै नयाँ दिल्ली र वासिङ्टनबीचको पारस्परिक लाभकारी सहयोग लोकतन्त्र, बहुलवाद र विधिको शासनमा उनीहरूको साझा विश्वासमा आधारित रहेको बताएका छन् ।

ब्लिन्केन र प्रधानमन्त्री मोदीले हिन्द–प्रशान्त क्षेत्रमा र विश्वव्यापी महत्वका विषयमा घनिष्ठ साझेदारीका लागि भारत र अमेरिकाको साझा दृष्टिकोणलाई दोहोर्याएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“भारत र संयुक्तराज्य अमेरिकाले जापान र अष्ट्रेलियासँग क्वाड (चतुर्भुज सुरक्षा संवाद) मार्फत साझेदारीलाई बलियो बनाएर स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तलाई बढावा दिइरहेका छन्,” अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नयाँ दिल्लीमा आयोजित पाँचौं २स्२ भारत–अमेरिका मन्त्रीस्तरीय संवादमा भने ।

ब्लिन्केनले भने, “उदाहरणका लागि, अवैध फिसिङ, पाइरेसी र लागूपदार्थको ओसारपसारविरुद्ध लड्न हामी इन्डो–प्यासिफिक क्षेत्रमा मानवीय राहत र विपद् प्रतिकार्य प्रयासमा पनि समन्वय गरिरहेका छौं ।यो संवादले अमेरिका र भारतबीच उच्चस्तरीय छलफलका लागि एक मञ्च प्रदान गर्दछ । अमेरिका र भारतका नेताहरूले महत्वपूर्ण द्विपक्षीय र विश्वव्यापी मामिलाहरूमा छलफल गर्दछन्, जसमा हिन्द–प्रशान्त क्षेत्रमा भइरहेका घटनाक्रमहरूमा विशेष जोड दिइन्छ ।”

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ३१ बजे

आजका समाचार : तत्काललाई टर्‍यो माओवादीको संकट, जनार्दनलाई कारबाही भएन, बहुविवाहसम्बन्धी प्रस्तावले तात्यो संसद्, कक्षा १२ को नतिजामा सुधार

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग