पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन « Khabarhub

पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो ।

च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुुुसिला सिंखडाले गरेका थिए। कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री सिंखडाले संचार माध्ययमले गरेका यस्ता कार्यक्रमले नेपालको मौलिक कला संस्कृतीको जगेर्ना गर्न ठुलो भूमिका खेल्ने हुँदा आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।

महोत्सवमा नेपाल मगरसंघ रामबजर इकाई समिति पोखरा, बाग्लुुङ घूूम्टे मगर समाज फुलबारी, पुन समाज पोखरा , क्षेत्री समाज जिल्ला कार्य समिति कास्की, लेखनाथ नेवा मिसा पुुच , सिद्धार्थ तमुु समाज सेति नहर मार्ग भद्रकाली र गन्दर्भ आमा समुुह बाटुुलेचौरको सहभागीता रहेको थियो । प्रत्येक समुुहले पाँच पाँच हजारका साथमा प्रमाण पत्र प्राप्त गरेका थिए ।

पछिल्लो समय नेपाली मौलिक संस्कृती परम्परामा बिचलन देखिन लागेकोले यस्ता खालका कार्यक्रमले नेपालीपन बचाउन मुख्य भुमिका खेल्ने बरिष्ठ लोक दोहोरी गायक, प्रथम मौलिक देउसी भैलो महोत्सव २०८० का निर्णायक संयोजक प्रजापति पराजुलीले जानकारी दिए।

पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले तिहारको समयमा खेलिने देउसी भैलोको मौलिकपना बचाउदै भावी पुस्तामा संस्कृती हस्तान्त्रण गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सबै प्रति आभार व्यक्त गरे ।

उक्त प्रतियोगितामा बरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली कवी पदम राज ढकाल र लोक दोहोरी गायिका शरला पाण्डेले निर्यायकको भूमिका निभाएका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुति समेत रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ४२ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला