लक्ष्मीपूजाका दिन विद्युतको उच्चतम माग १४३८ मेगावाट, ५१७ मेगावाट भारत निर्यात | Khabarhub Khabarhub

लक्ष्मीपूजाका दिन विद्युतको उच्चतम माग १४३८ मेगावाट, ५१७ मेगावाट भारत निर्यात


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्च माग १३०५ मेगावाट रहेको थियो ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजेपिक १४३८ मेगावाट रेकर्ड गरेको हो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।

देशभित्रको विद्युत मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट रहेका थियो ।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो। बिनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताएका छन् । उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

जलाशययुक्त कुलेखानी पहिलो, दोस्रोर तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युतगृहबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युतगृहबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहबाट ९९७ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : ४४ बजे

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी

कोप-२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री महतो

युएई– वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त

प्रवासीको भोट तान्न रवि लामिछानेको विदेश यात्रा

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यो

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए

मुगु– कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार

ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह

मुम्बइ– रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट