सडकबाट उदाएका एनबीए स्टारको कथा | Khabarhub Khabarhub

सडकबाट उदाएका एनबीए स्टारको कथा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

एनबीएमा चलेका प्राय स्टार हिँड्न जान्ने भएदेखि नै बास्केटबलको साथमा हुर्किए। सबैको हकमा यसो नहुन पनि सक्छ। जीयानीस एन्टटुकन्पमाओको हकमा त्यो नहुन सक्छ। मिलवाके बक्समा रहँदा सबै भन्दा बढी चम्किएका उनी अमेरिकाको उच्च स्तरीय कलेजसम्म पुग्नका लागि ८ हजार किलोमिटर यात्रा तय गर्नु परेको थियो। त्यस भन्दा अघि उनी कम परिचित ग्रीक लिगको पनि दोस्रो श्रेणीमा खेल्थे।

सन् २०२० मा उनले संसारकै धनी र प्रतिष्ठित व्यावसायिक लिगमा आफूलाई समाहित गर्ने अवसर पाए। त्यसको केही वर्ष अघिसम्म उनी राजधानी सहर एथेन्सको सडकमा सामान बेचिरहेका थिए। सन् १९९४ मा जीयानीसको जन्म भएको हो। उनी पछि आमाबाबुको अन्य दुई सन्तानको पनि जन्म भएको थियो। उनी माहिलो सन्तान हुन्। नाइजेरियाली आप्रवासी उनीहरूको परिवारले नागरिकता पाएका थिएनन्। अनागरिक उनको परिवारका लागि जीवन यापन प्रमुख थियो। सपना बुन्नु होइन।

कत्तिसम्म दुःख पाएका थिए भने उनी विद्यालयबाट फर्किएपछि खेलको अभ्यासमा जान्थे। रातको ११ बजे फर्किएपछि पहिलो पटक त्यस दिनको खाना खान्थे। गरिब प्रतिको हेपाहा प्रवृत्तिको कारण उनीहरू बारम्बार प्रताडित भएका थिए।

जीयानीसकी आमा धनीहरू कहाँ बच्चा हेर्ने काम गर्थिन। बाबु भने सामान्य कामदार थिए। जीयानीसले दाजु थानीयाससँग बसेर सडकमा चस्मा र ब्याग बेच्ने काम गरेका थिए। ‘म कहिले कहीँ विद्यालय जान्थे। त्यो पनि ब्रेकफास्ट बिना नै’ जीयानीस बाल्यकालको स्मरण गर्छन्।

कत्तिसम्म दुःख पाएका थिए भने उनी विद्यालयबाट फर्किएपछि खेलको अभ्यासमा जान्थे। रातको ११ बजे फर्किएपछि पहिलो पटक त्यस दिनको खाना खान्थे। गरिब प्रतिको हेपाहा प्रवृत्तिको कारण उनीहरू बारम्बार प्रताडित भएका थिए।

यसका बाबजुद जीयानीसले केही खुसीको आशाको सञ्चार महसुस गरेका थिए। त्यो बास्केटबलबाट थिएन, फुटबल थियो। सन् २००७ मा १३ वर्षको उमेरमा स्थानीय बास्केटबल प्रशिक्षक स्पाइरोस भेलिनियाटासले जीयानीसको शारिरिक शक्ति र मेहनत गर्ने बानीबाट प्रभावित भएर आमा भेरोनीकासँग नयाँ जीवनको सम्भावनाको बारे कुरा राखेका थिए। आमाले पनि सहजै बास्केटबल खेल्नका लागि अनुमति दिइन्। त्यसको तीन वर्षपछि नै जीयानीस र उनका दाजु थानीयास ग्रिसको दोस्रो डिभिजन फिलाथ लिकोटिसमा अवसर पाउन सफल भए। जीयानीसकोे खेल शैली र क्षमताले युरोप र अमेरिकामा प्रभाव पार्न थालेको थियो।

सन् २०१३ मा एनबीए उनी प्रति आकर्षित थियो। तर उनको अनागरिकको पहिचान बाधक हुने सम्भावना पनि थियो।
प्रयास गरेको एक महिनापछि थीयानीस र जीयानीसले ग्रीक सरकारबाट पत्र पाए। त्यसपछि मात्र उनीहरूले आफ्नो वास्तविक थर लेख्न सुरु गरेका हुन्।

सन् २०१३ मा एनबीए उनी प्रति आकर्षित थियो। तर उनको अनागरिकको पहिचान बाधक हुने सम्भावना पनि थियो।
प्रयास गरेको एक महिनापछि थीयानीस र जीयानीसले ग्रीक सरकारबाट पत्र पाए। त्यसपछि मात्र उनीहरूले आफ्नो वास्तविक थर लेख्न सुरु गरेका हुन्। उनीहरूको दाजुभाइ राष्ट्रिय टोलीबाट खेलेको हेर्नका लागि सबै जना आतुर थिए। उनका गड फादर बनेका प्रशिक्षक भेलिनियाटीस त सधैँ साथमा रहने नै भए।

सन् २०१३ को एनबीएपछि थीयानीसले आफ्नो भाइले राष्ट्रिय टोलीको १५ नम्बर जर्सी लगाएको हेर्न पाए। यस समयसम्म त्यस परिवारले दोस्रो छाक खानका लागि दुख गर्न नपर्ने अवस्था आइ सकेको थियो। एथेन्समा रहेका भेलिनियाटीसको साथकै कारण मिलावके बक्सले जीयानीसलाई टोलीमा राख्न प्रयास गरेको थियो। अस्वाभाविक गतिमा उनी एनबीएमा ‘ग्रिक फ्रिक’को उपनामले चिनिए।उनको गति टोलीको जितको आधार भन्दै गएको थियो।

स्टार बन्ने क्रममा तेस्रो सिजनमा पुग्दा उनी प्रतिखेल १६ दशमलव ९९ स्कोर गर्ने खेलाडी भइसकेका थिए। उनकै कारण जीयानीसको पहिलो पाँच सिजनमा बक्स तीन पटक प्ले अफमा प्रवेश पाउन सफल भयो। सन् २०१८–१९ को सिजनमा जीयानीस अरिब अब्दुल जाबर पछि पहिलो पटक एनबीएका मस्ट भ्यालुएबल प्लेयर बन्न सफल भए। सन् २०१९ मा उनकै प्रयासमा दाजु थीयानीस पनि बक्समा आबद्ध भए।

स्टार बन्ने क्रममा तेस्रो सिजनमा पुग्दा उनी प्रतिखेल १६ दशमलव ९९ स्कोर गर्ने खेलाडी भइसकेका थिए। उनकै कारण जीयानीसको पहिलो पाँच सिजनमा बक्स तीन पटक प्ले अफमा प्रवेश पाउन सफल भयो।

लस एन्जलस लाकर्समा खेल्ने कोस्टाससँग मिलेर यी दाजु भाइले युट्युब भिडियो सञ्चालन गरे। सो भिडियो पनि एकदमै लोकप्रिय भएको थियो। यसमा पछिल्लो समय उनका भाइ एलेक्स पनि समाहित भए। एलेक्स स्पेनिस क्लब मर्सीयामा आबद्ध छन्। उनीहरूको कान्छो भाइ सङ्गीतकर्मी ओफिलको सिर्जना पनि त्यसमा समाहित गरिए।

सफलताको राज उनले खुलाए,‘ के पाइन्छ र के पाइँदैन भन्ने होइन। हरेक दिन हिजोको भन्दा राम्रो हुने प्रयास गर्ने हो। सन् २०१८–१९ को मस्ट भ्यालुएबल खेलाडी भएपछि उनले भनेका थिए।

कोबे ब्रान्टले उनलाई बाल्यकालमा झैँ रमाएर खेल्न भनेका थिए। यसले उनलाई अझ सफलात दिलायो। २५ वर्षको उमेरमा उनी एनबीए इतिहासमै उत्कृष्ट डिफेन्सीभ खेलाडी र मस्ट भ्यालुएबल प्लेयरको अवार्ड पाउने दोस्रो खेलाडी भए। सबै भन्दा पहिलो यस सफलता पाउने अन्य कोही नभएर माइकल जोर्डन थिए।

सन् २०१९ मा उनले सफलता पाउँदा कोस्टास लाकर्सका टोलीमा अटाउन थालेका थिए। यो उनका लागि अर्को खुसीको विषय थियो। सन् २०२० मा उनले एनबीए इतिहासकै मस्ट सुपरम्याक्स सम्झौता गरे।

सन् २०१९ मा उनले सफलता पाउँदा कोस्टास लाकर्सका टोलीमा अटाउन थालेका थिए। यो उनका लागि अर्को खुसीको विषय थियो। सन् २०२० मा उनले एनबीए इतिहासकै मस्ट सुपरम्याक्स सम्झौता गरे। तीन वर्ष अघि देखिको यो परिवारका लागि धेरै कारणले ग्रिक फ्रिक’ उपयुक्त भइसकेका थिए। पाँच वर्षका लागि दुई सय २८ दशमलव ३ मिलियन अमेरिकी डलरको सो सम्झौताले उनको जीवनमा नयाँ आयाम नै दिएको थियो। त्यसपछि सन् २०२० को सिजन राम्रो नभए पनि उनले आफ्नो जीवनको नयाँ योजनालाई अघि बढाएका थिए।

सन् २०२१ को ओलम्पिक उनको अर्को लक्ष्य थियो। तथापि उनी सफल भए। पेरिस ओलम्पिक उनको अबको लक्ष्य छ। सायद ग्रिसले छनोटमा सफलता पाउँदै सो ओलम्पिक खेल्ने छ। सडकमा हुर्किएका ती बालक संसारका सबै खेलाडी प्रेरणाका श्रोत भने पक्कै हुन्।

स्रोतः ओलम्पिक

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ०२ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको