पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था | Khabarhub Khabarhub

पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । 

बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना-बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन । यस सडकलाई बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रुपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नति गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने जोखिमपूर्ण छ ।

गाजाको दह सिगानाबरेङबीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडक स्तरोन्नति हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका–३ दमेक र बरेङ गाउँपालिकाका नागरिक दैनिक सदरमुकाम बागलुङ बजार आउजाउ गर्छन् । जोखिमपूर्ण सडक कै कारण गाजाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतिका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनवाई हुनसकेको छैन । 

बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमशृङ्खलाका दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझन र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि यहाँ ओइरिने पर्यटक सडकको दुरावस्थाका कारण घट्न थालेको जैमिनी नगरपालिका–३ का प्रेमबहादुर विकको भनाइ छ । 

पहिले–पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उनको भनाइ छ । उनले आफूहरू दैनिक यही सडक भएर सामान किनमेल र कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूलाठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको गुनासो गरे। लामो समयसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजाको दहमा आउने पर्यटक बढाउन नसकिएको विकले बताए । नेताहरूले स्तरोन्नति गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उनको भनाइ छ ।

विकले भने, ‘यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन् के कुरा गरौँ, भनिनसक्नु छ, जङगलबीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेलेनै खनेर बनाउँछन्, सुरुमा ट्रयाक खोलेदेखि अहिलेसम्म एकपटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण ग दिए त सहज हुन्थ्यो तर कसको ध्यान जाने ?’

बरेङ गाउँपालिका–२ का मीनबहादुर थापाले यो सडक स्तारोन्नति गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको समेत सुनाए । सडक साँघुरो भएका कारण समय–समयमा दुर्घटना हुने गरेको उनको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएकाले दैनिक सयौँ मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतिका लागि माग गरे पनि सुनवाई नभएको उनको गुनासो छ ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक निर्माणको जिम्मा कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर पछिल्लो समय भुक्तानी नपाएपछि काम रोकिएको छ । तीस महिनाको अवधि पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको हो । 

निर्माण कम्पनीका प्रमुख नवीन गुरुङले गत वर्ष गरेको कामको रु साढे दुई करोड अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए। निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म साढे नौ करोडभन्दा बढीको काम गरेको उनको दाबी छ ।  

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : ३५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः