इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको सहयोग « Khabarhub

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको सहयोग


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी – इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले आर्थिक सहयोग गरेको छ ।

कैलालीको टीकापुरमा आयोजना गरिएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरको उपस्थिति रहेको थियो ।

मन्त्री भट्टले मृतक ७ जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेका हुन् । भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका १० जना नेपाली विद्यार्थीको अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा परि मृत्यु भएको थियो ।

उनीहरूमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । सुदूरपश्चिमको कञ्चनपुरका विपीन जोशी भने अझै पनि बेपत्ता रहेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ४४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी