कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्छौ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्छौ : मन्त्री बस्नेत


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सरकारको सोच रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारा–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ । आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ । त्यसको घोषणा चाँडै हुनेछ ।’

मन्त्री बस्नेतले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पु¥याउने अभियानमा आफू लागेको बताउँदै तीन सय शय्या भएको अस्पतालमा नर्सिङ, तीन सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : १२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस