ब्रम्हास्त्र-२मा पिताको भूमिकामा देखिँदै रणवीर कपुर | Khabarhub Khabarhub

ब्रम्हास्त्र-२मा पिताको भूमिकामा देखिँदै रणवीर कपुर


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रणवीर कपुर यतिबेला एनिमल फिल्मको सफलतामा मग्न छन् । लामो समयसम्म हिट दिन नसकेका कपुरले एनिमलबाट आफ्नो करियरको ब्लकबष्टर पाए ।

यो फिल्म सबैभन्दा धेरै कमाउने १० हिन्दी फिल्मको सूचीको नजिक पुगेको छ । यतिबेला कपुरका फ्यानहरूमा ब्रम्हास्त्र २ मा रणवीरले निर्वाह गरेको पात्र शिवको पिता को बन्लान् भन्ने उत्सुकता छ ।

रिपोर्टका अनुसार ब्रम्हास्त्र २ मा रणवीर सिंह रणवीर कपुरको पिता बन्दै छन् । ब्रम्हास्त्र रिलिज भएयता नै रणवीर शिवका पिता देवको भूमिका निर्वाह गर्ने खबरहरू आइरहेका थिए ।

केही रिपोर्टले ऋतिक रोशन वा कन्नड सुपर स्टार यशले सो भूमिका निर्वाह गर्न सक्ने बताएका थिए । तर अहिलेसम्म यसको पुष्टि भने भइसकेको छन् ।तर खबरलाई पत्याउने हो भने फिल्मको बहुप्रतिक्षित पात्र खेल्न रणवीर सिंह राजी भइसकेका छन् । निर्माण पक्षले सो भूमिकाका लागि सिंहको नाम पक्कापक्की गरिसकेको बताइएको छ ।

फिल्मको दोस्रो भागमा स्क्रिप्ट लेखन प्रोग्रेसमै छ । फिल्मको सुटिङ सन् २०२५ मा सुरु हुने अपेक्षा गरिएको छ । अहिले आयान मुखर्जी वार २ को सुटिङमा व्यस्त छन् भने सिंहले यो वर्ष बाइजु बावराको सुटिङ सुरु गर्दैछन् । त्यसैले ब्रम्हास्त्र २ को सुटिङ कहिले सुरु हुन्छ भन्ने स्पष्ट छैन ।

ब्रम्हास्त्रः पार्ट वनमा रणवीर कपुरको साथमा आलिया भट्ट थिइन् । यो फिल्म सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । फिल्ममा अमिताभ बच्चन, नागार्जुन, मौनी रोय पनि मुख्य भूमिकामा थिए । फिल्ममा शाहरुख खानको क्यामिओ थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ४८ बजे

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र