प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै « Khabarhub

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्।

आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ।

९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदको समर्थनसहित कार्की मुख्यमन्त्री बनेका हुन् । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ। कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ सांसद प्रतिपक्षमा बस्नेछन्।

सरकारलाई समर्थन जनाए पनि मुख्यमन्त्री आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्र सरकारमा गएको छैन। एमालेको भागमा परेको उपसभामुखको निर्वाचन शनिबार गर्ने तयारी छ।

सभामुखमा माओवादी केन्द्रका नेता बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको