लुम्बिनीको सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने « Khabarhub

लुम्बिनीको सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ- लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने भएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा माघ ३ गते दिउँसो एक बजे सभामुख र उपसभामुखका लागि मतदान हुने उल्लेख छ। प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो।

त्यसअघि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुखका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साथै, सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ।

नेपालको संविधान धारा १८२ को उपधारा ९१० र लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : २० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै