बागमतीको सभामुखका लागि तीन जनाको भिडन्त, मतदान आज « Khabarhub

बागमतीको सभामुखका लागि तीन जनाको भिडन्त, मतदान आज


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ।

बिहान ११ बजे सुरु हुने प्रदेशसभाको बैठकमा सभामुख चयनको लागि मतदान हुने भएको हो। सभामुखको लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजु प्रतिस्पर्धामा रहेका छन्।

कुल ११० सदस्यीय प्रदेशसभामा सभामुखमा निर्वाचित हुनको लागि ५६ मत भए पुग्छ। उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन।

बागमतीमा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद छन्।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ४६ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि