अर्घाखाँचीमा ४७ फिटको त्रिशूल स्थापना « Khabarhub

अर्घाखाँचीमा ४७ फिटको त्रिशूल स्थापना


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो ।

धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी दिए। सन्धिखर्क बजारबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस मन्दिर क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । पूजाआजामा स्थानीयको सक्रिय सहभागिता हुने गरेको छ ।

त्रिशुल हाल दुवईमा रहेका युवा अर्जुन केसीले सौजन्य गरेको अध्यक्ष केसीले बताए । मन्दिरभित्र अरु विभिन्न संरचनाहरुसमेत तयार गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ११ : ३१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते