राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् ।

प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उनका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन् ।

त्यस्तै जेरियाट्रिक सेवा लिने ज्येष्ठ नागरिक पाँच सय चार रहेका छन् । त्यसमा ६० देखि ९२ वर्षसम्मका महिला दुई सय ७४ र पुरुष दुई सय ३० रहेका छन् । त्यस्तै सिकलसेल एनिमियाका एक सय १४ जनाले निःशुल्क औषधि खाइरहेका छन् । सिकलसेलका बिरामीलाई रु एक लाखसम्मको औषधि उपलब्ध गराउने नीतिअनुरुप प्रतिष्ठानबाट ६१ महिला र ५३ पुरुषले निःशुल्करुपमा औषधि पाइरहेका छन् ।

त्यस्तै ५३ जनाले डायलाइसिस सेवा निःशुल्क लिइरहेका छन् । चालु आर्थिक वर्षको साउनसम्म केही बिरामीलाई आंशिक मात्रै छुट दिने गरिएको भए पनि भदौदेखि भने पूर्णरुपमा नै छुट दिने गरिएको केसीले बताए । वडाको सिफारिसका आधारमा प्रतिष्ठानले जाँच बुझ गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने गरेको उनको भनाइ छ । “गरिब, विपन्न, अशक्त, असहाय वर्गलाई निःशुल्क उपचार दिने प्रतिष्ठानको नीति हो”, उनले भने, “त्यहीअनुसार बिरामीलाई सेवा दिने गरेका छौँ ।”

मानसिक उपचार सेवा

प्रतिष्ठानमा मानसिक उपचारका लागि ‘एमइसिटी’ सेवा थपिएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार पहिले मानसिक रोगका बिरामीलाई करेन्ट लगाएर उपचार गरिन्थ्यो तर, अब यो सेवा सुरु भएसँगै बिरामीलाई दुखाइ नै नहुने गरेर उपचार हुन्छ । सो उपचार बिरामीलाई बेहोस बनाएर मानसिक रोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्टको निगरानीमा उपचार हुन्छ ।

मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएकाले पीडा नदिएर उपचार गर्ने विधिको थालनी गरिएको हो । प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघदेखि सुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० शय्यासहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : ३० बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु