गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन « Khabarhub

गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए ।

पन्ध्रदिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अंक तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए । गाउँपालिकाको कार्यविधिअनुसार राम्रो ग्रेड ल्याएका २७ जनालाई मात्र छात्रवृत्तिका लागि छनोट गरिने उनको भनाइ छ ।

प्रथम र दोस्रोपत्रको तयारी गरुन्जेल लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताइएको छ । गाउँपालिकाले अघिल्लोपटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा तयारी कक्षा पढाएको थियो । दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।