‘सुशासन र समृद्धिको मुद्दामा राष्ट्रिय सहमति आवश्यक’ « Khabarhub

‘सुशासन र समृद्धिको मुद्दामा राष्ट्रिय सहमति आवश्यक’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले विगतमा सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ मा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भने ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ सुशासन र समृद्धिको मुद्दाले सार्थकता नपाएको जनाउँदै संविधान बनाउँदा कायम भएको राजनीतिक सहमतिलाई कायम राख्न आग्रह गरे । नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले मुलुकको संविधान र नेपाली राजनीतिलाई सम्भावित दुर्घटनाबाट जोगाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको उल्लेख गरे । 

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्ष भए पनि कांग्रेस प्रतिपक्षको भूमिकामा बस्न चुकेको बताए । उनले गठबन्धन सरकारको भावनाअनुरुप सहमतिका आधारमा ल्याइएको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याए ।

नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राईले लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतन्त्रमाथिनै खतराको संकेत रहेकाले आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको बताए । बैठकमा जनता समाजवादी पार्टीका मोहम्मद खालिदले राष्ट्रिय सहमति कायम गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : १८ बजे

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते

एनसेल डाटा सेन्टरले पायो एएनएसआईरटीआईए-९४२-सी प्रमाणीकरण

काठमाडौँ । एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक