अमेरिकाद्वारा काबुल बम अक्रमणको निन्दा « Khabarhub

अमेरिकाद्वारा काबुल बम अक्रमणको निन्दा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । काबुलमा रहेको अफगान विदेश मन्त्रालयबाहिर भएको उक्त हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट – खोरासान प्रान्त आईएसकेपीले जिम्मा लिएको छ ।

‘हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं । सो हमलाको आईसले जिम्मा लिएको पाइएको छ । यो आक्रमण क्रूर समूहको पछिल्लो भयानक उदाहरण हो । अफगानिस्तानका जनतामाथि संवेदनाहीन हिंसा हो’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा बताए ।

‘हामी यस मूर्खतापूर्ण आक्रमणमा मारिएका प्रियजनहरू र परिवारका सदस्यहरूलाई हाम्रो गहिरो समवेदना पठाउँछौं । हामी आतङ्कको निन्दा गर्दछौं ।’ उनले भनेका छन् ।

बुधबार भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ ।

साथै अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै अफगानिस्तानमा दिगो शान्ति ल्याउनका लागि हिंसाको प्रयोग समाधानको उपाय नहुने बताएको छ ।

सो घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई काबुलमा सञ्चालित सर्जिकल सेन्टरमा ल्याइएको छ । अफगानिस्तानका आपतकालीन निर्देशकले मृत्यु हुनेको संख्या बढ्दै जान सक्ने बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : २९ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना