अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’को अवधि थपियो « Khabarhub

अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’को अवधि थपियो


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो । 

राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो ।

 आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।

बैठकमा विशेष समितिका संयोजक देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी माघ १० गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : २७ बजे

कोसी प्रदेश सरकारले पहिचान पक्षधरलाई छलफलका लागि बोलायो

विराटनगर – प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग

सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई

हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ – रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार

मस्को जाने हवाई यानमाथि गोली हानाहान

काठमाडौँ – मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार