‘स्वास्थ्य प्रणाली सुधार्न पहिले पाठ्यक्रम परिवर्तन गरौँ’ « Khabarhub

डा.ऋषभ कोइराला भन्छन्ः

‘स्वास्थ्य प्रणाली सुधार्न पहिले पाठ्यक्रम परिवर्तन गरौँ’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मानसिक स्वास्थ्य विज्ञ डा.ऋषभ कोइरालाले नेपालको स्वास्थ्य प्रणाली सुधार्न सबैभन्दा पहिले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालमा पछिल्लो १० वर्षमा चिकित्सा स्वास्थ्य शिक्षामा धेरै सुधार र परिवर्तन आइसक्दा पनि पाठ्यक्रममा पुरानै पाठ्यसामग्री राखिएको उनले बताए ।

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल भएपनि यसबारे सरकारी र स्वास्थ्य नियामक निकाय गम्भीर हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरे । अस्पतालमा बिरामीलाई गरिने व्यवहार र उनीहरुले सोधपुछ गर्दा स्वास्थ्यकर्मीले दिने जवाफ नै उदेकलाग्दो भएको पनि टिप्पणी गरे ।

‘हाम्रो स्वास्थ्य प्रणालीको ठूलो समस्या अहिले पनि पाठ्यक्रममा छ । धेरै समय र धेरै कुरा परिवर्तन हुँदा पनि पाठ्यक्रम परिवर्तन भएको देखिदैन’ खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘चिकित्सा स्वास्थ्यको विषय जति संवेदनशिल र गम्भीर छ । त्यति धेरै बेवास्ता सरकारी र उच्च तहका व्यक्तिबाट भइरहेको देख्दा दुःख लाग्छ । त्यसमा पनि मानसिक स्वास्थ्य समस्यालाई झनै बेवास्ता गरिएको छ । यो दुःखद छ ।’

चिकित्सा स्वास्थ्यको विषयलाई जटिल बनाइरहने र यसलाई केवल समस्याका रुपमा मात्रै लिइने प्रवृत्ति जिम्मेवार भएको पनि उनको भनाई छ । अब चिकित्सा शिक्षाको पाठ्यक्रम, पठनपाठन र नयाँ प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाई छ ।

यद्यपी पछिल्लो समय आम मानिस र स्वास्थ्यकर्मीमा समेत मानसिक समस्याका बारेमा चेतना फैलिँदै यसलाई गम्भीर समस्या मानेर उपचार गर्नेतर्फ ध्यान पुगेकोमा त्यो अझै धेरै विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : ४२ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष