‘नेपालका नेता नसुध्रिएसम्म स्वास्थ्य सेवा सुध्रिदैन’ « Khabarhub

डा.अरुणा उप्रेति भन्छिन्ः

‘नेपालका नेता नसुध्रिएसम्म स्वास्थ्य सेवा सुध्रिदैन’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतिले नेताहरुको कारण नेपालको स्वास्थ्य प्रणाली सुध्रिन नसकेको टिप्पणी गरेकी छन् । खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौति र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् डा.उप्रेतिले नेताहरु आफ्नो उपचार गर्न विदेश जाने र सर्वसाधारणको उपचारमा सँधै खेलाँची गर्ने प्रवृत्ति बढेको उनले बताइन् ।

नेपालका कुनै पनि नेताहरुले जनस्वास्थ्यको विषयमा गम्भीर अ्रध्ययन गर्न बोल्नै नसकेको उनको भनाई छ । कांग्रेस नेता गगन थापाले जनस्वास्थ्यको विषयमा केही बोल्ने गरेपनि त्यो आवाज अहिले बन्द भएको डा.उप्रेतिले बताइन् ।

विदेशमा नेताहरु बिरामी पर्दा स्वदेशमै उपचार गर्ने तर नेपालका नेताहरु सानो बिरामी पर्दा पनि बिदेश जाने समस्याले गर्दा देशकै स्वास्थ्य प्रणाली सुध्रिन नसकेको उनको भनाई रह्यो ।

‘नेताहरु सानो बिरामी पर्दा बिदेश गइहाल्छन् । अनि जनता बिरामी पर्दा सुन्दै सुन्दैनन्’ उनले भनिन्, ‘नेताहरुले खेलाँची गर्दा नेपालको स्वास्थ्य प्रणाली सुध्रिन सकेन ।’

उनले यसबारे आफुले निरन्तर बोल्ने गरेको भन्दै अझै प्रश्न उठाइरहने बताइन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ०५ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७