प्रदेश-१ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत « Khabarhub

प्रदेश-१ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश -१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विश्वासको मत प्राप्त गरेका हुन् । 

नेपाली कांग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार गरी ३२ जनाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् । माओवादी केन्द्रबाट सभामुख पदमा निर्वाचित भएका बाबुराम गौतमले मत हालेनन् । 

मुख्यमन्त्री कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिनु अगि माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाईँ तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई नियुक्त गरेका छन् । 

नवनियुक्त तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विना विभागीय नै राखेका छन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : १८ बजे

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

टोकियो‍‍‍– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय

बर्लीको ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सको नेपालका लागि आधिकारिक वितरक सीजी

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक