सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु « Khabarhub

सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र समूहको आक्रमणमा परी यस सातामा मात्रै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतुरी प्रान्तमा सशस्त्र समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

सशस्त्र समूहले यस हप्तामात्र २७ जना सर्वसाधारणको ज्यान लिएको र अरु केही सर्वसाधारण घाइते भएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ ।

विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेना तैनाथ रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि सोडेको समूहका हतियारधारीहरुले हमला गर्दै आएका छन् । हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।

पछिल्लो समयमा शान्ति सेनाले कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथी पनि बढाएको छ । यसक्रममा उनीहरुले सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु