बानेश्वर चोकमा पत्रकार कृष्ण कट्टेलमाथि आक्रमण  « Khabarhub

बानेश्वर चोकमा पत्रकार कृष्ण कट्टेलमाथि आक्रमण 


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पत्रकार कृष्ण कट्टेलमाथि दुर्व्यवहार भएको छ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरचोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा समाचार तथा सामग्री संकलन गर्न पुगेका पत्रकार कट्टेलमाथि शुक्रबार स्थानीय व्यापारीले हातपात गरेका छन् ।

पत्रकार कट्टेलका अनुसार हातपात गर्ने क्रममा एक जना मोबाइल पसल सञ्चालकले संवेदनशिल अंगमा प्रहार गरेका थिए । घट्नाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथी स्थानीय व्यापारीले एकसाथ आक्रमण गरेका पनि पत्रकार कट्टेलले बताएका छन् ।

‘अरु मिडियाकर्मीसँगै ममाथी जाइलाग्ने क्रममा एक जना मोबाइल पसलेले तीन लात्ती प्रहार गरेका छन्,’ उनले भने, नबुझी जे पायो त्यही समाचार लेख्ने भन्दै मेरो संवेदनशिल अंगमा प्रहार गरेका हुन् ।’

आफूमाथि आक्रमण भएपछि कट्टेलले यसबारेमा पत्रकार महासंघका पदाधिकारीलाई पनि मौखिक र लिखित जानकारी गराएका छन् । झण्डै दशक लामो रेडियो पत्रकारिता गरेका कट्टेल पछिल्लो समय नयाँपत्रिका दैनिकमा कार्यरत थिए ।

अहिले उनी मल्टिमिडिया पत्रकारितामा सक्रिय छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ११ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।