बानेश्वर चोकमा पत्रकार कृष्ण कट्टेलमाथि आक्रमण  « Khabarhub

बानेश्वर चोकमा पत्रकार कृष्ण कट्टेलमाथि आक्रमण 


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पत्रकार कृष्ण कट्टेलमाथि दुर्व्यवहार भएको छ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरचोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा समाचार तथा सामग्री संकलन गर्न पुगेका पत्रकार कट्टेलमाथि शुक्रबार स्थानीय व्यापारीले हातपात गरेका छन् ।

पत्रकार कट्टेलका अनुसार हातपात गर्ने क्रममा एक जना मोबाइल पसल सञ्चालकले संवेदनशिल अंगमा प्रहार गरेका थिए । घट्नाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथी स्थानीय व्यापारीले एकसाथ आक्रमण गरेका पनि पत्रकार कट्टेलले बताएका छन् ।

‘अरु मिडियाकर्मीसँगै ममाथी जाइलाग्ने क्रममा एक जना मोबाइल पसलेले तीन लात्ती प्रहार गरेका छन्,’ उनले भने, नबुझी जे पायो त्यही समाचार लेख्ने भन्दै मेरो संवेदनशिल अंगमा प्रहार गरेका हुन् ।’

आफूमाथि आक्रमण भएपछि कट्टेलले यसबारेमा पत्रकार महासंघका पदाधिकारीलाई पनि मौखिक र लिखित जानकारी गराएका छन् । झण्डै दशक लामो रेडियो पत्रकारिता गरेका कट्टेल पछिल्लो समय नयाँपत्रिका दैनिकमा कार्यरत थिए ।

अहिले उनी मल्टिमिडिया पत्रकारितामा सक्रिय छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ११ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल