प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत « Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको जित निकालेको हो । मधेस प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । 

प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिंग जोडीले जितको बलियो आधार तयार पारेका थिए ।  काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाउँदा रुविनाले २७ बलमा २ चौकाको मद्दतले २१ रनको नकआउट पारि खेलिन् । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेस प्रदेशले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो । मधेसलाई समेट्न प्लेयर अफ द म्याच सबनम राईले ४ विकेट लिइन् ।  रुविना  क्षेत्री र निशा शाहले दुई दुई विकेट लिँदा ज्योति दनुवार र एलिसा खडियाले एक एक विकेट लिइन् । मधेसका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए ।

आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन । यस्तै ऋतु कनोजिया २१ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् । 

कप्तान विन्दु रावल र सम्झना खड्काले १०-१० रन बनाए । रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन । यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्याये एक एक विकेट लिए । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो । बागमती कन्चन श्रेष्ठ २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाए । 

ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुसी डङ्गोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनीषा उपाध्याये ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । 

भोलिको पहिलो खेल नेपाल सशस्त्र प्रहरी बल र गण्डकी प्रदेश बिच हुने छ भने दोस्रो खेल कर्णाली र लुम्बिनी प्रदेश भिड्ने छन् । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ३९ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन