जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने | Khabarhub Khabarhub

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनमपुर– जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि मैदान बाह्र बिघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशङ्कर साहले जानकारी दिए । उनअनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागी हुने छन् । करिब १६ टिमलाई चार समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता सञ्चालन गरिने छ ।

सोभन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागी गराइने आयोजक साहले बताउनुभयो । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छ । प्रतियोगितामा खेलाडीको प्रोत्साहनका लागि सबै विधामा पुरुस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकासप्राप्त नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए। खेलले शारीरिक र मानसिकरूपमा स्वस्थ बनाउने हुनाले बालबालिकालाई अनिवार्य खेलकुदमा लगाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ४४ बजे

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता

घरबाट साङ्ला कसरी भगाउने ?

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई

रास्वपासँग भएको सहमतिका यी ३ बुँदा, जसलाई कांग्रेसले अस्वीकार गरेको दाबी

काठमाडौं – सहकारी ठगी प्रकरणलाई लिएर एक महिनायता नेपाली कांग्रेसको