जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने « Khabarhub

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनमपुर– जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि मैदान बाह्र बिघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशङ्कर साहले जानकारी दिए । उनअनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागी हुने छन् । करिब १६ टिमलाई चार समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता सञ्चालन गरिने छ ।

सोभन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागी गराइने आयोजक साहले बताउनुभयो । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छ । प्रतियोगितामा खेलाडीको प्रोत्साहनका लागि सबै विधामा पुरुस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकासप्राप्त नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए। खेलले शारीरिक र मानसिकरूपमा स्वस्थ बनाउने हुनाले बालबालिकालाई अनिवार्य खेलकुदमा लगाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।