अपहरण गरी फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाट तीन पाकिस्तानी पक्राउ « Khabarhub

अपहरण गरी फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाट तीन पाकिस्तानी पक्राउ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपहरण कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन्।

उनीहरुले एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिएको प्रहरीले बताएको छ ।
अनुसार उनीहरुले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पुरा गर्नु पर्छ भनि पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाइ ठमेलस्थित होटलमा बसालेका थिए ।पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर बन्धक बनाएको प्रहरीले बताएको छ ।

पाकिस्तानमा रहेका पीडितका भाइलाई पैसा माग गरि म्यासेज पठाउन लगाएर रकम असुली गरेको प्रहरीले जनाएको छ ।। पीडितका भाइले जम्मा २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाएपछि उनीहरुले पीडितलाई सिनामंगल लगी छाडि दिएका थिए । पश्चात पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगल स्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडि फरार भएका थिए।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँ समेत समन्वय गरी संलग्न व्यक्तिहरूको खोजतलास सुरु गरेको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ३० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना