बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घको टोलीले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायी व्यवसाय छोड्न बाध्य हुनुपरेको भन्दै कर्जा ब्याजदरलाई एक अङ्कमा कायम गर्न सरकार र राष्ट्र बैंक लाग्नुपर्ने बताए।

उनले बैंकले बिना धितो प्रदान गर्दै कर्जा रु १५ लाखबाट बढाएर २५ लाख बनाउनुपर्ने, भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिए । महासङ्घले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने, केरुङ, खासालगायत चिनियाँ नाकामा नेपाली व्यवसायी सहजरूपमा जान पाउनुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्न प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, साना तथा मझौला उद्योगी व्यवसायीलाई बिना धितो सहुलियत कर्जा सहजरूपमा उपलब्ध गराउन माग गरेको छ ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ३५ बजे

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं– जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३