टर्किए भूकम्प : १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी « Khabarhub

टर्किए भूकम्प : १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इस्तानाबुल – टर्किए सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। जसमध्ये टर्किए पुलिसले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिइसकेको छ।

भूकम्प प्रतिरोधी घर निर्माण नगरेको आरोपमा उनीहरूलाई धमाधम पक्राउ गरेको हो। झन्डै तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने देखिएको छ। निर्माण ठेकेदारहरू यति तीव्र गतिमा पक्राउ परिरहेका छन्, मानौँ टर्किए सरकारले भूकम्पपीडितको उद्धार र राहतमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन्।

गत सोमवार गएको ७.८ रेक्टरको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २५ हजार भन्दा माथि पुगिसकेको छ, त्यसमाथि हिमपात र वर्षाको कारण उद्धार र राहतमा उद्धारकर्मीहरूलाई बाधा पुगिरहेको छ।

यसअघि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्किए सरकारका अधिकारीले निष्कर्ष निकालेका छन्। ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्किएका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकाले पछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई तीव्र गतिमा पक्राउ गर्न थालिएको हो।

भूकम्पका क्रममा टर्किएका हजारौँ विशाल भवनहरू भत्किन पुगेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ५९ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको