टर्किए भूकम्प : १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी | Khabarhub Khabarhub

टर्किए भूकम्प : १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इस्तानाबुल – टर्किए सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। जसमध्ये टर्किए पुलिसले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिइसकेको छ।

भूकम्प प्रतिरोधी घर निर्माण नगरेको आरोपमा उनीहरूलाई धमाधम पक्राउ गरेको हो। झन्डै तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने देखिएको छ। निर्माण ठेकेदारहरू यति तीव्र गतिमा पक्राउ परिरहेका छन्, मानौँ टर्किए सरकारले भूकम्पपीडितको उद्धार र राहतमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन्।

गत सोमवार गएको ७.८ रेक्टरको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २५ हजार भन्दा माथि पुगिसकेको छ, त्यसमाथि हिमपात र वर्षाको कारण उद्धार र राहतमा उद्धारकर्मीहरूलाई बाधा पुगिरहेको छ।

यसअघि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्किए सरकारका अधिकारीले निष्कर्ष निकालेका छन्। ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्किएका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकाले पछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई तीव्र गतिमा पक्राउ गर्न थालिएको हो।

भूकम्पका क्रममा टर्किएका हजारौँ विशाल भवनहरू भत्किन पुगेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ५९ बजे

देशभर मनसुनी वायुको प्रभाव, मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने

काठमाडौं – इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो

रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर

वाशिङ्टन – रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले

खीर खाएर आज साउन १५ मनाइँदै

काठमाडौं – साउन १५ गते आज नेपाली समाजमा खीर खाएर

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय