इटालियन सिरी ‘ए’मा नेपोली शीर्षस्थानमा उक्लियो « Khabarhub

इटालियन सिरी ‘ए’मा नेपोली शीर्षस्थानमा उक्लियो


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ।

घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेर सहज जीत निकालेको हो। डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले योगदान गरेका थिए।

खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भए। ६५औं मिनेटमा मिन जाई किमको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे। त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ। नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ। एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ। पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १९ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम