चिसापानी बजारबाट भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत « Khabarhub

चिसापानी बजारबाट भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ।

बजार अनुगमन अधिकृत रहेका इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राई संयोजकत्वको अनुगमन टोलीले आइतबार गरेको बजार अनुगमनका क्रममा ३९ हजार ३०८ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थदेखि, बिस्कुट, चिउरा, खानेतेल, सस, मसला, फुरन दाना लगायतका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ।

बजार अनुगमनका क्रममा म्याद नाघेको खानेतेल, चिजवल, सस, एचवि बम, कुरुम चिउरा, धुलो खुर्सानी, बेसार, मिक्स मसला, जिरा, हजमोला, सरफ, मेहेन्दी, भ्यासलिन, लिपगार्ड, फुरन दाना, बिस्कुट, सुजी, आटा, सन्चो लगायतका २६ प्रकारको सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ। गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारमा ७ हजार ७४० रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ भेटिएको थियो।

म्याद नाघेको सामग्रीलाई संकलन गरेर चिसापानीकै विपि चोकमा जलाएर नष्ट गरिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिकाका अनुगमन समिति संयोजक रुपेश राईले बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका