महानगरद्वारा स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

महानगरद्वारा स्वास्थ्य शिविर सञ्चालन


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ । महानगरले  वडा नं १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर थालनी गरेको हो । स्वास्थ्य शिविरको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्दै महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराउँदै ‘महानगरवासीको स्वास्थ्यप्रति हामी गम्भीर छौँ’, उनले भने, ‘महानगरले तपाईंहरूकै घरआँगनमा आएर स्वास्थ्य चेकजाँच सुरु गरेको छ । यसबाट बढीभन्दा बढी लाभ लिन म महानगरवासीलाई आग्रह गर्दछु ।’

उपप्रमुख शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताउँदै यस्ता शिविरबाट रोगको बेलैमा पहिचान हुन्छ र समयमै उपचार गर्दा पछि समस्या हुँदैन भने। प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले स्वास्थ्य शिविरबाट रोग लागे नलागेको पहिचान हुने धारणा राखे।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, इसिजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीको खोजलगायतका सेवा प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए। 

नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, कोसी अस्पताल र नाटाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा शिविरमा तीन सय १९ जनाले सेवा लिएका थिए । तीमध्ये ९८ पुरुष र २२१  महिलाले स्वास्थ्य सेवा लिएको शिविरका फोकल पर्सनसमेत रहेका स्वास्थ्य अधिकृत भोलानाथ तिम्सिनाले बताए । 

शिविरमा सबैभन्दा बढी छाला तथा स्त्रीरोगको समस्या भएका बिरामी आएको बताइएको छ । स्वास्थ्य समस्या देखिएकाको कोसी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : ५१ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा