सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । 

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो ।
सभामुखमा निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् । बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार-सरकार मात्र नभई जनता-जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । 

‘बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’ 

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । जवाफमा बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् । 

उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरूको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन् । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १ : ३८ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका