रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबीच भेट « Khabarhub

रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबीच भेट


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिल्ली– पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटेका छन् । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ । 

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली पुगेका थिए । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन् । यसअघि परराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन् । उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्किसकेकी छिन् । 

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन । 

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा पुगेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ०२ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार