तनहुँमा विद्युत बिस्तारको कार्य तिव्र गतिमा  | Khabarhub Khabarhub

तनहुँमा विद्युत बिस्तारको कार्य तिव्र गतिमा 


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ ।  विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो । 

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए।  उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ ।

बन्दीपुर-६ स्थित साराङघाटमा ३३-११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उनले बताए।  देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिङ्गा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत् पहुँच पुर्‍याउन बाँकी छ । 

‘ती वडामा विद्युत् विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ’, उनले भने । त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ । उनले भने, ‘एक-दुई घरमा विद्युत् पुर्‍याउन धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन् ।’ जिल्लामा कूल ४३ हजार विद्युत्का ग्राहक छन् । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ । 

विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको छ भने ९० लाख ९० हजार दुई सय ७७ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ३४ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका