‘नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ’  « Khabarhub

‘नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ’ 


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरू नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताएका हुन् । 

नेपाली जहाजहरू दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताएका उनले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताए । अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उनले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिए । 

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिएका उनले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : २१ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ