हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह « Khabarhub

हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गरे।

उनले खासगरी मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका हात्तीपीडित जनतालाई उचित राहतको व्यवस्था गर्नुपर्ने बताउँदै मानव र हात्तीको सहअस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै उचित हुने विश्वास व्यक्त गरे । हात्ती आतङ्कका कारण बालबालिकाको शिक्षामा समेत नकारात्मक असर परेको उनको भनाइ छ ।

उनले मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्वारा हात्ती मारिने अलग–अलग घटना भए पनि मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना केही फरक रहेको प्रष्ट पारे । उनले भने, “मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना अलि फरक छ, हात्ती दिनभरि भारतको कोलाबारी फरेस्टमा बस्छन् र राति भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गर्छन् ।”

उनले हात्तीलाई बोझको रूपमा नभई, त्यसलाई मोजको रूपमा विकास गर्न जरुरी रहेको भन्दै उनले आफूहरू मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्