हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह | Khabarhub Khabarhub

हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गरे।

उनले खासगरी मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका हात्तीपीडित जनतालाई उचित राहतको व्यवस्था गर्नुपर्ने बताउँदै मानव र हात्तीको सहअस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै उचित हुने विश्वास व्यक्त गरे । हात्ती आतङ्कका कारण बालबालिकाको शिक्षामा समेत नकारात्मक असर परेको उनको भनाइ छ ।

उनले मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्वारा हात्ती मारिने अलग–अलग घटना भए पनि मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना केही फरक रहेको प्रष्ट पारे । उनले भने, “मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना अलि फरक छ, हात्ती दिनभरि भारतको कोलाबारी फरेस्टमा बस्छन् र राति भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गर्छन् ।”

उनले हात्तीलाई बोझको रूपमा नभई, त्यसलाई मोजको रूपमा विकास गर्न जरुरी रहेको भन्दै उनले आफूहरू मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ११ बजे

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर– गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो

बाढी पीडितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर