ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ | Khabarhub Khabarhub

ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको १२ करोड नौ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जानकारी दिएको छ ।

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी गत फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना झै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई ठगी गरेको पाइएको छ ।

विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्यक्षेत्र नेपालभर रहेको छ । प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको सङ्ख्या बढेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ५ : १७ बजे

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै