मकवानपुरमा ३६ हजारबढी भूमिहिन सुकुम्वासी « Khabarhub

मकवानपुरमा ३६ हजारबढी भूमिहिन सुकुम्वासी


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय भूमि आयोग मकवानपुरले मकवानपुरमा ३६ हजार बढी भूमिहिन सुकुम्वासी रहेको जनाएको छ । सो आयोगका अनुसार हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० पालिका रहेको मकवानपुरमा ३६ हजार एक सय ६८ भूमिहिन सुकुम्वासी रहेको आयोगले जनाएको छ ।

जिल्लामा आयोग स्थापना भएपछि आयोगले गरेको प्रगतिबारे जानकरी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा मकवानपुरको १० वटै स्थानीय तहमा तीन सय ७९ भूमिहिन दलित, दुई हजार चार सय ६३ भूमिहिन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ अव्यवस्थित भूमिहिन बसोबासी रहेको र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको जानकारी दिइयो ।

आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहिनको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकाले एक वर्षभित्र नै उनीहरूले लालपूर्जा प्राप्त गर्ने जानकारी दिए । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहिन दलितले लालपूर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अझै त्यहाँको ३० जनाले जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको बताए।

आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा दिइने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहिन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

यसैबीच भूमि अधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन् । हेटौँडामा सम्पन्न प्रथम नगर अधिवेशनले नगरअध्यक्ष पदमा न्यौपानेलाई चयन गरेको सो मञ्चले जनाएको छ ।

मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिङ, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन भएका छन् । यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएको मञ्चका जिल्ला सदस्य विष्णु आचार्यले जानकारी दिए । मञ्चका जिल्ला सदस्य आचार्यको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : ३४ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने