५१ वर्ष अगाडिको ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा « Khabarhub

५१ वर्ष अगाडिको ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेकाे ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ ।

कलाकार दीपक आचार्य (काकु) ले निर्देशन तथा निर्माण गर्नुभएको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गरेका छन्। भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायाङ्कन गरेका छन् । सङ्खुवासभा, तेह्रथुम र धनकुटामा छायाङ्कन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्यले जानकारी दिए ।

“पुरानो परिवेश देखाउनुपर्ने भएकाले काठमाडौँ बाहिरको स्थललाई ध्यान दिएका हौँ । गीतलाई पुरानै शैलीमा प्राविधिकरूपमा नयाँपन दिएका मात्र हौँ”, निर्देशक आचार्यले भने, “गोठालो, हलीलगायतका दृश्यले भिडियोमा मौलिकताको आभास दिलाउनेछ । गीतमार्फत पुराना सर्जक नयाँ पुस्तामा पुग्नु हुनेछ भन्ने विश्वास छ ।”

सयबढी गीत गाएका राईले ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको जानकारी दिए । “मैले ३० वर्षदेखि गीत गाएको छैन । स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडे तापनि सिर्जनाबाट टाढिएको छैन”, गायक राईले भने, “रेडियो नेपालमा रेकर्ड भए तापनि अफिसियलरूपमा कुनै पनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोतालाई यो अवश्य नयाँ लाग्नेछ ।” निर्देशक आचार्यसहितको टिमले गीतलाई नयाँ स्वरूपमा ल्याउने अनुमति मागेपछि खुसीसाथ सहकार्य गर्न तयार रहेकोसमेत उहाँले बताउनुभयो । गायक राईले भन्नुभयो, “मेहनत गरेर भिडियो पनि बनाउनुभएको छ । हेर्दा आनन्द लाग्यो ।”

भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपाललाई प्रदान गरिनेसमेत कार्यक्रमका निर्देशक आचार्यले जानकारी दिए । संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाल सिलाइ तथा कपडा व्यवसायी सङ्घ काठमाडौँको तर्फबाट रु पाँच हजार, गायक राईका तर्फबाट रु पाँच हजार एक सय, प्रोडक्सन कम्पनीको तर्फबाट रु १० हजार र गायक राईका बहिनीद्वय एशोधा राई र रिना राईका तर्फबाट रु चार हजार दुईसय रुपैयाँ नगद सहयोग गरिएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : ५० बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक