ढुङ्गा लागेर घाइते गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो | Khabarhub Khabarhub

ढुङ्गा लागेर घाइते गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुङ्गा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरुङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।

पहाडबाट खसेको ढुङ्गा लागेर गुरुङ गम्भीर घाइते भएका थिए। मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुङ्गा लागेको हो।

उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईँले ढुङ्गा लागेर घाइते गुरुङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्दार गरिएको बताए।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ४७ बजे

संसदीय समितिले शिक्षा विधेयकबारे विज्ञ र सरोकारवालासँग राय लिने

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने

काठमाडौँ– सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

न्यूयोर्क- आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका

एमसीसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग

यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई दिइने

काठमाडौँ- यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र