ढुङ्गा लागेर घाइते गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो « Khabarhub

ढुङ्गा लागेर घाइते गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुङ्गा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरुङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।

पहाडबाट खसेको ढुङ्गा लागेर गुरुङ गम्भीर घाइते भएका थिए। मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुङ्गा लागेको हो।

उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईँले ढुङ्गा लागेर घाइते गुरुङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्दार गरिएको बताए।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ४७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।