खोटाङ – नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु दोहोरिएका छन् ।
बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न पाँचौँ अधिवेशनबाट कसजु सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
२०७५ फागुन २५ गते सम्पन्न चौथो अधिवेशनबाट नेत्र ज्योति संघको सभापति चुनिएका कसजु यथास्थानमा दोहोरिएका हुन् ।
२०५४/०५५ सालदेखि आँखा उपचार शिशिरमा स्वयंसेवकका रूपमा खट्दै आएका कसजु २०६२ सालमा संघको आजीवन सदस्य बनेका थिए ।
१३ सदस्यीय संघको सदस्यमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणिशोभा राई, लक्ष्मीदास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेखबहादुर खड्का (विनोद) सर्वसम्मत चयन भएका छन् ।
२०६० साल वैशाख १५ गते स्थापना गरिएको संघमा हाल ९९ आजीवन सदस्य छन् । संघले दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित आँखा जाँच, औषधि वितरण तथा चस्मा वितरण एवं निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ ।
साथै संघले पत्रकार दमन राई र आँखा उपचार केन्द्र, दिक्तेलका प्रमुख हरिहर श्रेष्ठलाई सम्मान गरेको छ ।













प्रतिक्रिया