नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः कसजु « Khabarhub

नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः कसजु


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु दोहोरिएका छन् ।

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न पाँचौँ अधिवेशनबाट कसजु सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

२०७५ फागुन २५ गते सम्पन्न चौथो अधिवेशनबाट नेत्र ज्योति संघको सभापति चुनिएका कसजु यथास्थानमा दोहोरिएका हुन् ।

२०५४/०५५ सालदेखि आँखा उपचार शिशिरमा स्वयंसेवकका रूपमा खट्दै आएका कसजु २०६२ सालमा संघको आजीवन सदस्य बनेका थिए ।

१३ सदस्यीय संघको सदस्यमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणिशोभा राई, लक्ष्मीदास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेखबहादुर खड्का (विनोद) सर्वसम्मत चयन भएका छन् ।

२०६० साल वैशाख १५ गते स्थापना गरिएको संघमा हाल ९९ आजीवन सदस्य छन् । संघले दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित आँखा जाँच, औषधि वितरण तथा चस्मा वितरण एवं निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ ।

साथै संघले पत्रकार दमन राई र आँखा उपचार केन्द्र, दिक्तेलका प्रमुख हरिहर श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ५९ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता