बैतडीमा जिप दुर्घटना : अझै मृतकको शव परीक्षण भएन « Khabarhub

बैतडीमा जिप दुर्घटना : अझै मृतकको शव परीक्षण भएन


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा मंगलबार राति भएको जिप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन् । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् । 

शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन् । गाडी धनीबाट  क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका  छैनन् । मिलनले आफ्ना दाई पदमलाई सहमतिका लागि पठाएका थिए ।  पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन् ।   

यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै  शव राखेर आन्दोलन गरेका थिए । शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति  दिने भने मौखिक सहमति गराएर शव बुझाए पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । मृतकका आफन्तले आज बिहान पनि जयपृथ्वी राजमार्ग केहीबेरका लागि बन्द गरेका थिए । 

मङ्गलबार राति खोडपे=बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मंगलबार राति  ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको  छ । 

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बीरे धामी रहेका छन् । जीपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए । 

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो । उकालो सडकमा एक्कासि जीप ब्याक भएर भीरमा खसेको थियो । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १२ : २७ बजे

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज