कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति « Khabarhub

कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा– लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दुवै देशले बुधवार अबेर उक्त घोषणा गरेका हुन् ।

सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले कतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । खाडी क्षेत्रका चरमपन्थी सङ्गठनहरूलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाउँदै ती देशले कतारमाथि नाकाबन्दी लगाएका थिए । चारै देशले कतारी विमान र जहाजलाई आफ्नो हवाई र जलक्षेत्र प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए ।

साउदीमा रहेको खाडी सहयोग परिषद्को मुख्यालयमा भएको वार्तामा मेलमिलापसम्बन्धी सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तअनुसार दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने निर्णय भएको जनाएको हो । 

द्विपक्षीय सम्बन्ध विकासका साथै खाडी राष्ट्रबीचको एकता र एकीकरण बढाउने आपसी चाहनाअनुसार दुवै देशबीच उक्त सहमति भएको कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बहराइनको विदेश मन्त्रालयले पनि त्यस्तै आशयको वक्तव्य जारी गरेको छ । 

एक अर्काका कट्टर प्रतिद्वन्द्वी साउदी र इरानले सम्बन्ध तोडेको सात वर्षपछि गत महिना औपचारिक रूपमा सम्बन्ध पुनः सुरु गर्न सहमति जनाएपछि कतार र बहराइनबीच पनि मेलमिलाप भएको हो ।

जनवरी २०२१ मा भएको एक मेलमिलाप सम्झौताअनुसार बहराइन बाहेक तीनवटै देशले कतारसँग सम्बन्ध नवीकरण गरिसकेका छन् ।  यद्यपि संयुक्त अरब इमिरेट्स र कतारले एक अर्काका राजधानीमा आफ्ना राजदूतावास खोलेका छैनन् । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  २ : ०२ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना