वर्ष २०७९ : पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह « Khabarhub

वर्ष २०७९ : पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् । 

 कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताए । ‘पर्यटनका हिसाबले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो’, उनले भने, ‘हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।’

निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशत ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उनको भनाइ छ । 

वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ । होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहवर्द्धक रहेको बताउँछन् । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरूले लिएको उनको भनाइ छ । ‘पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ’, उनले भने ।

पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख संकलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् । 

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए । उनले भने, ‘पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन् । कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, । चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ ।’

 ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउँछन् । ‘समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो । अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ । पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ’, उनले भने।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ०५ बजे

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु

ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगञ्ज– बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य